इलाम जिल्ला ए डिभिजन लिग : क्लव ओएशिस शिर्ष स्थानमा


इलाम, २३ पुषः फुटबलको विकास र खेलाडी उत्पादनको लागि जारी इलाममा एन्फा इलाम  जिल्ला ए डिसभजन लिगमा शुक्रबार  तीन खेल सम्पन्न भएका छन् । लीगमा तीन खेल खेलेको क्लव ओएशिस ९ अंक सहित शिर्ष स्थानमा रहेको छ ।  

इलामको ठूलो टुडिखेलमा भएको वी पोलकका तीन खेलहरु भएका हुन ।  पहिलो खेलमा त्रिवेणी युथ क्लव देउमाईले हेलो जस्वीरेलाई  ५–० ले पराजित गरेको छ ।

दोस्रो खेलमा माइभ्याली फुटबल कल्वले हेलिवोध फुटबल क्लवलाई १–० ले पराजित गरेको छ  तेस्रो खेलमा क्लव ओएशिसले आफ्नो अपराजित यात्रालाई कायम राख्दै देउराली स्पोटीङ क्लवलाई १–०ले पराजित गर्दै लिगको शिर्ष स्थानमा रहेको छ । 

जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिगमा ए पोलमा ६ वटा टीम र वी पोलमा ७ वटा टीम सहभागी रहेका छन् । 

लिगको विजेताले प्रदेश लिग खेलने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment