रोङमा साप्ताहिक हाटलाई ब्यवस्थित गरियो

  • गोबिन्द पौडेल 

रोङ २३ पुषः  एकदशक अघिबाट लाग्दै आएको रोङ ६ को साप्ताहिक हाट थर्पु कृषिबजारलाई ब्यवस्थित गरिएको छ ।
हरेक सोमबार लाग्ने उक्त हाटमा रोङ गाउँपालिकाको सहयोगमा स्थाई टहरो निर्माण गरि ब्यवस्थित गरिएको हो ।खुल्ला जमिनमा ब्यपारिहरु आएर सामान बिक्री गर्ने गरेकोमा रोङ गाउपालिकाको  एकलाख पचास हजार र स्थानियहरुको तिसहजारको लगानिमा फलामे ट«स्ट , सिमेन्ट गरि ६ बटा टहरो निर्माण गरिएपछि हाटस्थल ब्यवस्थित भएको हो । 
उक्त हाटमा स्थाई टहरो बनेपछि बजारको स्थाईत्वको सभावना बढ्नुको  साथै ब्यपारिहरुलाई पनि सहजता भएको निर्माण समितिका सचिव युवराज प्रधानले बताए ,।
रोङ गाउपालिका वडा न ५, ६, सर्योदय नपा ५ र ६ को लागि सहज बनेको उक्त बजारको स्थापनाकोलागि स्थानिय गोपिकृष्ण भण्डारी र अनिल  गुरुङले निशुल्क जग्गा दिएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment