आज थपिए ६ हजार ७३४ नयाँ कोरोना संक्रमित, हिजो भन्दा करिब २ हजार बढी


काठमाडौं ३ माघ । आज एकैदिन ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको २४ घण्टाभित्र पछिल्लो दिनमध्ये सबै भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हिजो ४ हजार ९ सय ६१ मा कोरोना पुष्टि भएको थियो । आजको संक्रमित संख्या हिजोको भन्दा एक हजार ७ सय १७ बढी हो ।
१४ हजार १४ जनाको पीसीआर गर्दा ५ हजार सात सय ४७ मा र र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ हजार सात सय ३४ मा नमुना परीक्षण गर्दा नौँ सय ८७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुासर आज कोरोना संक्रमणका कारण ३ को मृत्यु भएको छ । त्यस्तै पाँच सर ४७ जनाले कोरोना जितेका छन् । नेपालमा संक्रिय संक्रमितको संख्या करिब ३१ हजारको हारहारीमा पुगेको मन्त्रालयले जनएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment