चन्द्रागिरिमा चक्कु हानेर एकको हत्या, अर्का एकजना घाइते


काठमाडौँ ३ माघ। यहाँको चन्द्रागिरि नगरपालिका– ८, गुर्जुधारामा एक व्यक्तिको चक्कु प्रहारबाट मृत्यु भएको छ ।
काठमाडौँकै मातातीर्थ घर भएका र हाल गुर्जुधारामा बस्दै आएका २६ वर्षीय रोशन रिजालमाथि आइतबार चक्कु प्रहार भएको हो । चक्कु प्रहार गरी रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार चक्कु लागेर अर्का एक जना घाइते भएका छन् ।
घटनालगत्तै प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा दाजुभाइ अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरिसकेको छ । सामान्य कुरामा विवाद हुँदा उनीहरुले चक्कु हानेर रिजालको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चक्कु प्रहार गर्नेमध्ये भाइचाहिँलाई आइतबार नै पक्राउ गरिएको र दाइचाहिँ भागेर धादिङ पुगेका बेला उतैबाट आज सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment