दाउराले हानेर छिमेकीको हत्या


सोलुखुम्बु ३ माघ । छिमेकीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका १ बुम्रेका ४५ वर्षीय वाङदी शेर्पो हत्याको आरोपमा छिमेकी ५२ वर्षीय दानु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको अनुसार वाङदीले कुटपिट गरी दानुको हत्या गरेका हुन् । गएराति पौने १२ बजे घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटि वाङदी शेर्पालाई नियन्त्रणमा लिईएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment