इलाम जिल्ला ए डिभिजन लिग : फाइनलका लागि रेड हर्स र दिपेन्द शिखर, देउराली र मिलिनियम भिड्दै


इलाम, २९ पुसः इलाममा जारी जिल्ला ए डिभिजन लिगमा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । फुटबलको विकास र खेलाडी उत्पादनको लागि एन्फा इलाम  जिल्ला ए डिसभजन लिग इलामको ठूलो टुँडिखेलमा भई रहेको छ । 

इलाममा जारी जिल्ला ए डिभिजन लिगमा पहिलो सेमिफाइनलमा रेड हर्स फुटबल क्लब इलाम र दिपेन्द्र शिखर फटबल क्लब हर्रकटे विच १२ः३० मा खेल हुने छ  । त्यस्तै दोस्रो सेमिफाइनलको लागि देउराली स्पोटीङ क्लब र मिलिनियम फुटबल क्लब पान्दाम विच हुने छ । 

लिगमा  इलाम जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिगमा ए पोलमा ६ टीम र वी पोलमा ७ वटा टीमको सहभागीता रहेको छ । 

लिगको विजेताले प्रदेश लिग खेलने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment