इलाम जिल्ला ए डिभिजन लिग : रेड हर्स मिलिनियम फाइनलमा प्रवेश


इलाम, २९ पुसः इलाममा जारी जिल्ला ए डिभिजन लिगमा आज भएका  सेमिफाइनल खेलमा रेड हर्स फुटबल क्लव र मिलिनियम फुटबल क्लवले जीत निकालेका छन् 

आज भएको पहिलो सेमिफाइनलमा रेड हर्स फुटबल क्लब इलाम र दिपेन्द्र शिखर फटबल क्लब हर्रकटेलाई ७–२ ले पराजित गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनलमा मिलिनियम फुटबल क्लबले देउराली स्पोटीङ क्लबलाई ३–० ले पराजित गरेको छ । 

फाइनल खेल भोली इलामको ठूलो टुडिखेलमा हुने छ ।  फाइनलको लागि रेड हर्स इलाम र मिलेनियम पान्दाम विच हुने छ । 

लिगमा  इलाम जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिगमा ए पोलमा ६ टीम र वी पोलमा ७ वटा टीमको सहभागीता रहेको छ । 

लिगको विजेताले प्रदेश लिग खेलने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment