मुलुकभर एकैदिन ३५५३ जनामा कोरोना पुष्टि, एक संक्रमितको मृत्यु


काठमाडौं २९ पुष। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ४९८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ९२२ जना र ४ हजार ५८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ४० हजार ५२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७१ जना कोरोनामुक्त भए, १ संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ७१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १५ हजार २४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार ८१ जनाको परीक्षण हुँदा हालसम्म कुल ५८ लाख ४१ हजार ५८२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता