छोराद्वारा बञ्चरो प्रहार गरि बुवाको हत्या


कञ्चनपुर १७ माघ। कञ्चनपुरमा एक युवकले बञ्चरो प्रहार गरि आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–२ कञ्जका २२ वर्षीय रामविलास रानाले उनको बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रामविलासले आइतबार राति आफ्नो बुबा गन्नु रानाको हत्या गरेका हुन् ।
‘राति १० बजेतिर युवकले आफ्नो ४२ वर्षीय बुबाको हत्या गरेको पाइयो । उनले बुबाको हत्याका लागि बञ्चरो प्रयोग गरेको अनुुसन्धानबाट खुलेको छ,’ प्रहरीले भन्यो ।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोली राना निवासमा पुगेको थियो । प्रहरीले रामविलासलाई बञ्चरोसहित राति नै नियन्त्रणमा बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि धनगढी पठाइएको छ ।
त्यस्तै छोरा रामविलासलाई भने नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment