२४ घण्टामा थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्‍यु


काठमाडौं १७ माघ। पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टाको अवधिमा ८ जनाको मृत्‍यु भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ ।
यसैगरी मृत्‍यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ भने ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित रहेको र ८ हजार १९१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभरमा ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने कोरोना बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
१० वर्ष मुनिका ७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । साथै, ११ देखि २० वर्ष उमेर समूहका १४८ जना कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ ।
उपत्यकामा कति संक्रमित थपिए ?
उपत्यकाका तीन जिल्लामा मात्र थप १ हजार ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १,३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment