पाँचथर : पाँच दिनदेखि बेपत्ता बृद्धा मृत फेला



पाँचथर । पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन् ।


फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन् । तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन् ।

खोजी गर्ने क्रममा आज दिउँसो १२ः४० मा तामाङको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शवपरीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता