इलाममा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६६ पुग्यो


इलाम, १६ माघः विश्वभरी नै तिव्र रुपमा फैलिरहेको कोरोना संक्रमण अहिले इलाममा पनि फैलिएको छ । इलाममा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

आज संक्रमण पुष्टी हुनेहरुमा रोङ गाउँपालिकाका ७ महिला र ६ पुरुष, माई नगरपालिकाका ३ महिला र ७ पुरुष, सूर्योदय नगरपालिकामा ३ महिला र ४ पुरुष र सन्दकपुर गाउँपालिकामा २ महिला रहेका छन् । 

इलाममा अहिले ३८२ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सवै संक्रमित होम आइशुलेशनमा रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment