मुलुकभर थप ३५४० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु


काठमाडौं । नेपालमा आइतबार ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ९ सय १० पीसीआर परीक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ एन्टिजेन परीक्षणका क्रममा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै थप ६ हजार ५ सय ५९ संक्रमित निको हुँदा नेपालमा ८ लाख ५४ हजार ७ सय १९ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ८३ हजार ९ सय ९९ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment