फुटबलको विकास र खेलाडी उत्पादनको लागि एन्फा जिल्ला लिग इलाममा शुरु


इलाम, २१ पुसः अखिल नेपाल फुटबल संघले देशभरीका ४८ जिल्लामा एन्फा जिल्ला लिग शुरु गरेको छ । जिल्ला फुटबल संघमा आवद्ध जिल्लाका ए डिभिजन क्लवहरु विच लिग सुरु गरेको हो । फुटबल खेलको  विकास र खेलाडी उत्पादनको लागि जिल्लामा लिग गराएको एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले वताए । 

जिल्ला लिग इलाममा पनि बुधबारबाट शुरु भएको छ । जिल्लामा रहेका खेलाडीलाई चलायमान बनाउन र खेलकुदको विकासका लागि पनि एन्फा सँग मिलेर लिग गराएको जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठ वताउँन् । 


लामो समयसम्म जिल्लामा फुटबल प्रतियोगिता नभएको समयमा लिगले खेलाडीहरुलाई सकृय बनाउँने र जिल्लामा खेलाडी उत्पादनमा मद्दत पुग्ने जिल्ला फुटबल संघ इलामका मुख्य प्रशिक्षक दर्शन भक्तराज वताउँछन् । 

जिल्लामा कोरोना महामारीका कारण खेलकुद गतिविधि शुन्य भएको बेला जिल्ल लिगले खेलाडीहरुलाई खेलमा फर्कन ठूलो सहयोग गर्ने जिल्ला खेलकुद संघका अध्यक्ष उमेश गुरुङ वताउँछन् । उनी भन्छन् जिल्लामा खेलकुद विकासको लागि नयाँ योजना बनाएर अघि वढ्ने र खेलकुदमा इलममलाई राष्ट्रिय स्तरमा पु¥याइने छ । 

इलाममा पुस २१ गते बुधबारबाट शुरुभएको लिग २९ गते  विहिबार सम्म चल्ने छ । जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिग इलामको ठूलो टुँडिखेल र सूर्योदयको करफोक खेल मैदानमा भई रहेको छ । इलाममा ७ टीम सहभागि छन भने सूर्योदयमा ६ टिमको सहभागिता रहेको छ । 

लिगको विजेताले प्रदेश लिग खेल्ने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment