बालुवाटार जग्गा प्रकरण : विजय गच्छदार र दीप बस्न्यातलाई पक्राउ गर्न सीआइबीलाई खुल्यो बाटो


काठमाडौं २१ पुस। बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) लाई बाटो खुला भएको छ ।
ललिता निवासको जग्गा किर्ते प्रकरणबारे अनुसन्धान गरिरहेको सीआइबीलाई यस प्रकरणमा मुछिएका गच्छदार र बस्न्यातलगायतलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी दिएको छ ।
गच्छदार र बस्न्यातसँगै ३ सय बढीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको बताइएको छ । पक्राउ पुर्जीमा तत्कालीन मन्त्री र सचिवहरु समेत रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment