वर्तमान सरकार लुटमारमा लागी पर्‍यो : ओली


काठमाडौं २६ पुष । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लुटमारमा लागेको आरोप लगाउनु भएको छ ।

सोमबार एमाले संखुवासभाले आयोजना गरेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकाले स्थानीय तहलाई कर्मचारीबाट चलाउन लागेको पनि आरोप लगाउनु भएको थियो ।
उहाँले भन्नुभयो, ‘ वर्तमान गठबन्धन सरकार लुटमारमा लागेको छ । फागुनमा हुनुपर्ने स्थानीय निर्वाचन अहिलेसम्म चालचुल छैन । स्थानीय तहहरुलाई जनप्रतिनिधिबिहीन बनाएर कर्मचारीलाई जिम्मा दिने षड्यन्त्र भइरहेको छ ।’
त्यस्तैगरी वर्तमान सरकार परमादेशबाट बन्दा संसदले नै थाहा नपाएको पनि दावी गर्नुभयो । आफू नेतृत्वको एमाले सरकारले दुनियाँ हल्लाउनेगरी काम गरिरहेको बेला षड्यन्त्र गरेर हटाइएको उहाँले बताउनुभयो । तर यो नटिक्ने उहाँले ठोकुवा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार परमादेशबाट बन्दा संसदले पनि थाहा पाएन। एमाले नेतृत्वको सरकारले दुनियाँ हल्लाउनेगरी काम गरिरहेको थियो। तर षड्यन्त्र गरेह हामीलाई हटाइयो। ष्षड्यन्त्र सधैँ टिक्दैन।’
उहाँले चुनावमा जान नदिन अदालतले षड्यन्त्र गरेको आरोप लगाउनुभयो । त्यस्तैगरी माओवादी केन्द्रका अध्यक्ष र माधव कुमार नेपाललाई वामपन्थी खोल ओडेका भन्दै उनीहरुको पछाडि नलाग्ने आग्रह गर्नुभएको थियो ।
देश र जनताको पक्षमा काम गर्ने पार्टी भनेको एमाले मात्रै भएको अध्यक्ष ओलीको दावी थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment