इलाम जिल्ला ए डिभिजन लिगः माइभ्याली, त्रिवेणी र रेड हर्सको जीत(अंक तालिका सहित)


इलाम, २६ पुषः इलाममा जारी जिल्ला ए डिभिजन लिगमा आज पनि ३ खेल सम्पन्न भएका छन् ।  फुटबलको विकास र खेलाडी उत्पादनको लागि एन्फा इलाम  जिल्ला ए डिसभजन लिग इलामको ठूलो टुँडिखेलमा भई रहेको छ । 


आज भएका वी पोलकका तीन खेलहरुमा  पहिलो खेलमा माइभ्याली फुटबल क्लवले क्लब ओएशिसलाई  २–१ ले पराजित गरेको छ । 

अंक तालिका

दोस्रो खेलमा त्रिवेणी युथ क्लवले हेलिवोथ फुटबल क्लवलाई ३–१ ले पराजित गरेको छ भने तेस्रो खेलमा रेड हर्स फुटबल क्लवले हेलो जस्वीरेलाई २–१ ले पराजित गरेको छ । 

भोली मंगलबार लिगका अन्तिम चरणका खेल सम्पन्न हुने छन् । अहिले खेल तालिकामा माइभ्याली फुटबल क्लव शिर्ष स्थानमा रहेको छ । ६ खेलमा माइभ्यालीले  ११ अंक जोडेको छ । एक खेल कम खेलेको त्रिवेणीले १० अंक जोडेको छ । ओएशिस र रेर्ड हर्सको समान ९/९ अंक रहेको छ । यि दुई टीमको एक आपसमा मंगलबाट खेल हुँदै छ । देउराली स्पोटीङ क्लवको ८ अंक रहेको छ । देउरालीले आफ्नो अन्तिम खेल मंगलबार त्रिवेणीसँग खेल्ने छ । हेलो जस्वीरेको ३ अंक र हेलिवोथले अहिले सम्म खाता खोलेको छैन । हेलो जस्वीरेर हेलिवोध मंगलबारनै एक आपसमा भिड्ने छन् । 

इलाम जिल्लाका १३ वटा क्लबको सहभागिता रहेको लिगमा ए पोलमा ६ टीम र वी पोलमा ७ वटा टीमको सहभागीता रहेको छ । 

लिगको विजेताले प्रदेश लिग खेलने छ भने लिगको अन्तिम दुई स्थानमा रहेका टिमहरु रेलिगेशन भएर बी डिभिजनमा झर्नेछन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment