कोरोना संक्रमण दर ह्वात्तै बढ्यो, आज थपिए १४ सय ४६ संक्रमित


काठमाडौं २६ पुष । मुलकभर आज १४ सय ४६ जना कोरोना भाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ४२९ जनामा कोरोना भाइरस परीक्षण गरिएको थियो ।
जसमध्ये पीसीआर विधिबाट गरिएकोमा १३५७ मा कोरोना पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो ।

हिजो करिब १२ हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजोको तुलनामा यो दर एकै दिनमा २ हजारभन्दा बढी हो । त्यस्तैगरी गएको २४ घण्टाभित्र २५५ जनाले कोरोना जितेका छन् ।
नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जनाले कोरोना जितेका छन् भने यतिबेला ७ हजार ८५५ जना संक्रिय संक्रमित रहेका छन् ।
गएको २४ घण्टामा कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले कडाइ गर्ने भएको छ । सीसीएमसीले भोलिबाट माघ १५ गतेसम्म विद्यालय तथा कलेज बन्द गर्न सिफारिस गरेको छ ।
त्यस्तै होटल तथा आन्तरिक हवाइ उडानमासमेत खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment