काठमाडौं उपत्यका : शुक्रबार रातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली


काठमाडौं ६ माघ। कोरोना संक्रमण रोकथा तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार (भोलि) रातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

आज बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिःला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोर–बिजोर प्रणाली लागू गर्ने निर्ण गरेको हो ।
जोर–बिजोरलाई कडाईका साथ लागू गरिने र मानिसको आवागमन जतिसक्दो कम हुने गरी प्रशासनले आदेश जारी गरेको छ । जारी आदेशमा डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
त्यस्तै, सार्वजनिक सेवा लिन जाँदा तथा सार्वजनिक स्थलमा हिँड्डुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment