नारायणगढ-मुग्लिन सडक अवरुद्ध



चितवन ७ माघ। नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान साढे दुई बजेतिर इच्छाकामना गाउँपालिका-६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुसार पहिरो हटाउन सुरु गरिएको छ । पहिरो हाटउन सुरु भए पनि ठूलो भएको कारण मध्यान्हसम्म लाग्न सक्ने भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment