इलाम रोङको करसोङ करिडोरमा भब्य गुम्वा बन्दै

  •  गोबिन्द पौडेल 

रोङ ६ माघः इलामको रोङ गाउपालिकामा रहेको करसोङ पदमार्गको नजिकै जौवारीमा भब्य गुम्वा बन्ने भएको छ ।
रोङ गाउपालिका वडा नं ६ को जौवारीमा निमार्ण थालिएको सेमछेन छेडुव छ्योलिङ्ग बौध गुम्वाको निमार्णको लागि बहुबर्षे योजना सहित निमार्ण थालनि गरिएको छ ।

 ऋतरबुङ्ग किपड भइ पाचथरको एक्तेनक्तेनबाट २ सय पचतहरौ पुस्ताका जौवारीका मोक्तान परिवार यहाबसेको पचतहरौ पुिस्तामा अभिलेखीकरण रहेको र पारिवारीक पृष्टभूमि अनुसार हरेका पुस्ताका पूर्खाहरुदेखीनै लामा गुरुहरु रहदै आएकोमा अहिले पनि सो स्थानमा बसोवासगरेका पुस्तामा तीनजना लामागुरुहरु रहेकोले आफ्नो समुदायमा बौधगुम्वा बनाउने पितृहरुकै इच्छा रहेकोमा मुल्कमा स्थानिय संरचनाको बिकास भइ बनेको रोङ गाउपालिकामा जनप्रतिनिधिहरु आएपछि समुदायको माग अनुसार गुम्वा निमाणको लागि २०७४ सालमा एकलाख बजेट प्राप्त भएपछि काम गर्न उत्साहित बनेका  जौवारी लामा गाउका तामाङ्गहरुले पारीवारीक रुपमा गुम्वा निमार्णको लागि पाच रोपनी जग्गा दान गरेका थिए । 
रोङ गाउपालिकाले आव २०७७ – ०७८ मा थप पाचलाख बजेट बिनियोजन गरेर  गुम्वा निमार्ण स्थलको जमिन तैयार गरेर गुम्वा निमार्णको शुरुआत गरेका थिए । परिवारको अग्रजको गुम्वा निमार्णको सपना साकारपार्न राजधानी बौधका धर्मगुरु खेम्पो सामेल लामाको सक्रियतामा बिश्व बौधका इन्जिनियर नाक्पा शाक्य र प्रबन्धक मेसोङ लामा सहितको टिमले स्थानिय बासीहरु र जनप्रतिनिधिहरुसग अन्र्तक्रिया र संभब्यता अध्ययन गरेपछि गुम्वा निमार्णले तिब्रता र्पाको गुम्वा निमार्ण समितिका अध्यक्ष मन बहादुर लामाले बताए । गुम्वा निमार्णको लागि जसरी जान्रतिनिधिरुले प्रतिबद्धता र प्रेरण दिएका छन् त्यसैगरि फोक्चो रेम्बोचे लगायतका धर्म गुरुहरुको आर्शिवाद रहेको कारण गुम्वा निमाण गर्न सकिने बिश्वास आफुहरुमा रहेको तामाङको भनाइ रहेको छ । अहिले रोङ गाउपालिका प्राबिधिक र धर्मगुहरुको परामर्षमा छ तले गुम्वाको डिजाइन गरेर फन्डिसनको काम भइरहेमा गुम्वा निमार्णको लागि सबैसग सहयोग र सदभावको आशा  गरिएको अध्यक्ष तामाङले बताए ।
 ीनमाणधिन रहेको गुम्वा हर्कटे दैले जौवारी मोटरबाटोको करिव ८ किमि जौवारी सडक छेउमा  ऐतिहासिक हल्लने ढुङ्गा करसोङ्ग पदमार्ग नजिकै रहेको छ । यता रोङ गापालिकाले वडा नं ३ को हासपोखरी देखी ६ नंको पाटापुर  हुदै सिद्धि मेचीदोभानको पदमार्गको अर्को आर्कषण गुम्वा हुने र थप धार्मिक पर्यटक समेत भित्राउन सकिने प्रचुर संभावन रहेको गुम्वा निमार्णको लागि गाउपालिकाले सक्दो सहयोग गर्ने रोङ गाउपालिकाका प्रवक्ता समेत रहेका वडा नं ६ का वडाध्यक्ष मनिकुमार स्याङ्वो सुवासले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment