सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै, निर्वाचन सम्बन्धि महत्वपूर्ण निर्णय हुनसक्ने


काठमाडौं ६ माघ । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ। स्थानीय तहको निर्वाचन मितिको विषयमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समिति संयोजक रामचन्द्र पौडेलसहित सत्तागठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
यसअघि पनि समितिको बैठक बसेको थियो । तर उक्त बैठकले स्थानीय तह र संघ दुवैको निर्वाचनबारे कुनैपनि निर्णय निकाल्न सकेको थिएन । यद्यपि सो बैठकले कानुन अनुसार समयमै स्थानीय तहको निर्वाचन गर्नेबारे भने निष्कर्श निकालेको थियो ।
यसबीचमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले बैशाखमै संघको निर्वाचन गर्न अनौपचारिक प्रस्ताव गरेका थिए । तर कानुन त स्थानीय तहको निर्वाचन पहिले गर्नुपर्ने हुन्छ ।
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न नसकिरहेको अवस्थामा आजको बैठकले केही सहयोगी निर्णय दिनसक्ने आशा गरिएको छ । उता निर्वाचन आयोगले भने बैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरसकारलाई सिफारिस गरिसकेको छ ।
सत्तागठबन्धनले गठन गरेको समन्वय समितिमा पाँच दलका दुईरदुई जना गरी १० र एक मन्त्रीसहित ११ सदस्य छन्। आजको समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment