मित्रपार्कमा एक युवकको शव फेला, घटनास्थलबाट २ जना पक्राउ


काठमाडौं १७ माघ । प्रहरीले काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार राति सवा ११ बजे स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा एक युवकको शव फेला परेको हो ।

घटना एक आपसमा झगडा हुँदा घटेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल रहेका छन् भने झगडा गर्ने अर्का एक जना फरार छन्।
हाल प्रहरीले मृतक युवकको मृत्यु कुटपिट वा अन्य कारणबाट भएको भन्नेबारे थप अनुसन्धान गरिररहेको बताइएको छ । मृतकको भने परिचय पनि खुलेको छैन।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment