स्थानीय तहको चुनाव वैशाखमै गर्ने सहमति



काठमाडौँ ४ माघ। सत्तारुढ दलहरुको गठबन्धनले स्थानीय तहको चुनाव आगामी वैशाखमै गर्ने सहमति गरेको छ । निर्धारित समयमै चुनाव गर्न दलहरु सहमत भएको बताइएको छ ।
आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले वैशाखमै चुनाव गराउने सहमति गरेको हो ।
बैठकले संविधानको व्यवस्था अनुसार नै वैशाखमै चुनाव गर्नेमा सहमति जुटाएको हो । आउँदो बिहीबार बस्ने सत्ता गठबन्धनका मुख्य नेताहरुको अर्को बैठकले चुनावको मिति समेत तय गर्ने निर्णय भएको जनाइएको छ ।
यसैगरी कोभिड–१९ को सङ्क्रमणको चुनौतीका बाबजुद यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन कसरी सफल बनाउने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा सत्तारूढ गठबन्धन दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन माघ १२ गते हँुदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment