नेपालमा तेलको मूल्य समायोजन गर्न नसक्ने स्थिति आयो : आयल निगम (विज्ञप्तीसहित)


काठमाडौं ४ माघ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार मूल्य अनुरुप नेपालमा तेलको मूल्य समायोजन गर्न नसक्ने स्थिति आएको बताएको छ । निगमले संचित रकम सकिएपछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको हो । निगमले मंगलबार प्रेस विज्ञप्ती निकालेर तेल व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘निगमसँग संचित बचत शू्न्यको अवस्थामा पुगेकाले इण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब अपुग हुने स्थिति देखिएको छ ।’
विज्ञप्तीमा थप भनिएको छ, ‘यसको व्यवस्थापनका लागि निगमले ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको छ । आउँदा दिनमा केही मूल्य समायोजन गरिएता पनि महिनाको करिब ४ अर्ब रुपैयाभन्दा बढी मासिक घाटा रहिरहने देखिएको हुँदा आगामी ३ महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख्न हालको खरिद मूल्य अनुसार निगमलाई न्यूनतम करिब १२ अर्ब रुपैयाँको आवश्यकता पर्ने देखिको छ ।’
त्यस्तै निगमले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको ६ महिनाको अवधिमा अनुमानित १९ अर्ब २६ करोड घाटा ब्यहोरेको जनाएको छ । यसका साथै निगमले छिमेकी राष्ट्र भारतको तुलनामा नेपालमा पेट्रोलियम पद्धार्थ सस्तो भएको दाबी गरेको छ ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाल र भारतको स्थानीय बजारको पछिल्लो मूल्य स्थिति अनुरुप भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा प्रति लिटर पेट्रोल रु.३८.०३ ले सस्तो, डिजेल रु.३१.१२ ले स्तो र एलपी ग्याँस प्रति सिलिण्डर रु.५०.६५ ले नेपालतर्फ सस्तो तथा हवाई इन्धन (आन्तरिकतर्फ)मा रु.३२.९६ ले भारतको कोलकता भन्दा नेपालतर्फ नै सस्तो रहेको स्थितिसमेत सम्बन्धित सबैमा यसै विज्ञप्तीमार्फत् जानकारी गराइन्छ ।’


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment