इलाम प्रहरीद्वारा कर्तब्य ज्यान मुद्दाका अभियुक्त २० बर्ष पछी पक्राउ

 


इलाम, २८ पुसः इलामको पशुपतिनगरबाट ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका ३ जिलका ४१ वर्षिय गोरे भन्ने मनकुमार राई रहेका छन् । राईलाई २०५८ साल माघ ६ गते साँझ करिब ७ बजे इलाम जिल्ला  साविक कन्याम गाविस वडा नं. ७ हाल सुर्योदय नगरपालिका ७ बस्ने वर्ष १८ कि रोजिना राईलाई घाटी रेटी हत्या गरेको अभियोगमा हत्या भएको २० वर्ष पछि पक्राउ गरेकको हो ।

 गोरे हाल सम्म गाउँघरमानै  बस्दै आईरहेकोमा इलाम प्रहरीको अथक प्रयास र अनुसन्धानबाट पक्राउ गरेको साथै घट्नास्थल तथा लासजाच मुचुल्का, लासको तत्कालिन तस्विर, स्थानियहरुसंग गोप्य रुपमा बुझेका तथ्यहरु विष्लेशण पश्च्यात निज गोरे भन्ने मनकुमार राईले घट्नात स्विकारेको  जिल्ला प्रहरी कार्यालयले जानकारी गाराएको छ ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment