प्रदेश १ मा थप २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि


विराटनागर २८ पुष। प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा २७२ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७३४ को पीसीआर परीक्षण गर्दा २३३ र २८१ को एन्टिजेन परीक्षण गर्दा ३९ मा कोरोना सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा एक–एक र प्रदेश बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ११९, बूढीगङ्गामा १३, सुनवर्षी र बेलबारीमा तीन÷तीन, उर्लाबारी र सुनवर्षीमा दुई÷दुई, कटहरी, धनपालथान र रतुवामाईमा एक÷एक, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा पाँच, रामधुनीमा दुई, बर्जु र दुहवीमा एक÷एक र स्थानीय तह नखुलेका तीन जनामा कोरोना देखिएको छ ।
त्यस्तै, झापाको मेचीनगरमा २०, विर्तामोडमा पाँच, भद्रपुर र कनकाईमा दुई÷दुई, अर्जुनधारा र दमकमा एक÷एक, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा एक÷एक र प्रदेश बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा आज १० महिलासहित २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५९७ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment