काठमाडौं ५ फाल्गुन। बालाजुमा मिनिबसको ठक्करबाट दुईको मृत्यु भएको छ । बालाजुस्थित रिङरोडमा सडक पार गर्नेक्रममा उनीहरुलाई बसले ठक्कसर दिएको प्रहरीको भनाइ छ ।
बिहान करिब ६ बजेतिर बसले ठक्कर दिएर फरार भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला रहेको प्रहरीको भनाइ छ ।
ठक्कर दिने बस तथा चालकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
ठक्कर दिने बस तथा चालकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
0 comments:
Post a Comment