झापामा चक्कु प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या


झापा, २ फाल्गुनः  झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौकका ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।


सोमबार(आज) बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको बिषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाँटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका हुन् ।
चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ । मृतकको लाश आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment