मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एकजना पक्राउ


वीरगञ्ज (पर्सा) १९ माघ । पर्सा प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ का २० वर्षीय मोहमद अली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साद्वारा खटिएको टोलीले अभियुक्त अलीलाई मोटरसाइकलको लक फुटाई भाग्दै गरेको अवस्थामा प्रकाउ गरेको हो ।
बारा जिल्लाको फेटा गाउँपालिका–३ बस्ने ३१ वर्षीय नरेश प्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको कालो रंगको १६० सीसीको अपाची मोटरसाइकल पार्क गरी राखिएको थियो ।
पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment