देउवाले मागे प्रचण्ड-नेपालसँग एमसीसीमा सच्याउनुपर्ने बुँदा


काठमाडौं १९ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षद्वय (नेकपा माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र (नेकपा एकीकृत समाजवादीका अध्यक्ष) माधवकुमार नेपाललाई अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) मा सच्याउनु पर्ने बुँदाहरु भए लेखेर दिन भनेका छन् ।

सत्तारुढ गठबन्धनका दुई पार्टीका अध्यक्षद्वय प्रचण्ड र नेपालसँग बुधबार बालुवटारमा भएको छलफलमा प्रधानमन्त्री  देउवाले एमसीसीमा सच्याउनुपर्ने बुँदाहरु भए लेखेर दिन भनेका हुन् ।
बालुवाटारमा छलफलपश्चात सिन्धुपाल्चोकका नेता/कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले उक्त कुरा भनेका छन् । उनले भनेका छन्, ‘एमसीसीमा कुन–कुन कुराहरू सुधार गर्नुपर्ने छन् भनेर प्रधानमन्त्रीले सोध्नुभयो। सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ ।’
प्रधानमन्त्री देउवासँगको भेटघाटमा अध्यक्षद्वय प्रचण्ड र नेपालले हुबहु एमसीसी पारित गर्न नसकिने भन्दै संशोधन गरेर जानुपर्ने भनेका थिए ।
आफूहरुले एमसीसी संशोधन हुनुपर्ने माग गरिरहँदा प्रतिपक्ष दल एमालेको वास्तविक रुप भने अर्र्कै रहेको पनि अध्यक्ष नेपालले प्रष्ट पारेका छन् । उनका अनुसार एमसीसी हुबहु पास गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेका रहेछन् ।
उनले भने, ‘एमसिसी हुबहु पास गर्नुस् हामी साथ दिन्छौं भनेर केपीले भन्दा रहेछन् । हामी गलत तरिका अपनाउँदैनौँ। सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं। कसैलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिदैनौं।’
अध्यक्ष नेपालले पाँचदलीय गठबन्धनमा कुनै शंका नगर्न भन्दै नटुट्ने पनि बताए। उनले भने, ‘पाँचदलीय गठबन्धन टुट्ने भयो कि क्या हो भन्ने अनावश्यक भ्रम र आशंका छन् । गठबन्धन टुट्दैन।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment