२४ घण्टामा थप १ हजार ५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु


काठमाडौं २४ माघ। पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो भने २४ घन्टाको अवधिमा १३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४० हजार १११ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३८ हजार ८८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार २२८ जना संस्थागत आइसोलेसनमा छन् ।
सोमबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख २ हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ भने ९ लाख १५ हजार ४८९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment