बेलवारीबाट कार चोरीमा संग्लग्न रहेका ३ जना प्रहरी फन्दामा ,उनिहरुको साथबाट लागुऔषध समेत बरामद


बेलबारीः मोरङको बेलवारी नगरपालिका १ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका ३ का ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी १ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३-०१-०२५ च ९७५० नम्बरको कार हराएको थियो । कार हराइपछि धनीले ईलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया सहित निबेदन दिएका थिए । निवेदन पछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका प्रहरीले खोजतलास गर्ने क्रममा सोही दिन दिउँसो सुन्दरहरैचा नगरपालिका ७ विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको थियो ।
कार फेला परे संगै उक्त कारमा रहेका बेलबारी नगरपालिका ३ का ३६ बर्षीय सुरज गुरुङ , केरावारी १० का २५ बर्षीय तेज कुमार मगर र केराबारी ७ का २६ बर्षीय नगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिइएको बेलबारी प्रहरीले जनाएको छ । सो कार सहित ती व्यक्ति नियन्त्रणमा लिएपछि प्रहरीले कार चेकजाँच गर्ने क्रममा लागुऔषध डाइजेपाम ११ एम्पुल , एभिल ९ एम्पुल, फेरागन १० एम्पुल , र लुपिगेसिक १० एम्पुल गरि जम्मा ४० एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment