एमसीसीले साँच्चिकै नेपालको विकास गर्छ भने जनमत संग्रह गरौँ : सुदन किराँती


काठमाडौं २४ माघ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) देशको हितमा नरहेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसीबारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद किराँतीले एमसीसी देशको हितमा नरहेकोले जनमत संग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन् ।
एमसीसीविरद्ध जनता सडकमा उत्रिरहेको अवस्थामा एमसीसीले साँच्चिकै विकास गर्छ भने जनमत गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘एमसीसीविरुद्धमा जनता बोलिरहेका छन् । राम्रो भन्ने हो भने गोलमेच सम्मेलन गरौं या एमसीसीबारे जनमतसंग्रह गरौं । एमसीसीबारे हामी सबैले एकमत कुरा गरौं ।’
सांसद किरातीले नेपाललाई चाहिएको खसी तर, दिइन लागेको फर्सी भन्दै पुनः एमसीसी राष्ट्रघाती नै रहेको ठोकुवा गरे । उनले भने, ‘नेपाललाई खसी चाहिएको छ तर खुवाइँदैछ फर्सी ।’
सांसद किराँतीले प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज १३ गते लेखेको पत्र असोभनीय भएको पनि बताए । शीर्ष पदमा रहेकाहरूले आफ्नो पदीय मर्यादाविपरीत बाहिर गएर गर्नु आपत्तिजनक रहेको पनि उनको भनाइ थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment