इलामकाे मंगलबारेमा फागुन ७ गतेबाट प्रथम देउमाई गोल्डपकप हुने

  • टीका खतिवडा


इलाम, २८ माघ: इलामको देउमाई नगरपालिका मंगलबारेमा प्रथम देउमाई आमन्त्रण गोल्डकपको आयोजना हुने भएको छ । खेलकुद क्षेत्रलाई अघि बढाउँदै खेल पर्यटनको प्रबद्र्धन तथा ग्रामिण क्षेत्रबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्येश्यका साथ आउँदो फागुन ७ गतेदेखि १४ गतेसम्म गोल्डकप हुन लागेको हो । युनाइटेड देउमाई युथ क्लब देउमाई नगरपालिकाले गोल्डकपको आयोजना गर्न लागेको हो । 

स्थानीय १६ जना युवाहरुको सक्रियतामा दुई महिना अघिमात्र स्थापित यस क्लबले भानुभक्त माविको छात्राबास खेल मैदानमा प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा जिल्ला बाहिरका तीन सहित आठवटा टिमले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको बिजेताले एकलाख र उपबिजेताले ५० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै बिधागत पुरस्कारमा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड र स्ट्राइकरले जनहि ३÷३ हजार रुपैंयाँ पाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी ५ हजार रुपैंयाँ पुरस्कार पाउनेछ । क्वार्टर फाईनलका खेलमा म्यान अफ दि म्याच हुनेले १ हजार, सेमिफाईनलका खेलमा २ हजार र फाईनल खेलको म्यान अफ दि म्याचले ३ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बू (डब्लु) ले जानकारी दिनुभयो । 

प्रतियोगितामा जिल्ला भित्रका ओएसिस क्लब इलाम, आयोजक, हेलिबोथ एफसि बिब्ल्याँटे, पशुपति गण इलाम र भेनस एफसि फिक्कल रहेको छ भने जिल्ला बाहिरका टिममा सशस्त्र प्रहरी बल सुनसरी, डाँगिहाट एफसि बेलबारी र फिदिम स्पोटीङ्ग क्लब पाँचथर रहेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment