प्रदेशस्तरीय पाँच अस्पताललाई बजेट तथा कार्यक्रमको अख्तियारी प्रदान गर्ने निर्णय

  • अविरल बस्नेत

दाेलाखा । बागमती प्रदेश सरकारले प्रदेशस्तरीय पाँच वटा अस्पताललाई बजेट तथा कार्यक्रमको अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।


सोमबार बसेको मन्त्रीपरिषद् बैठकले दोलखाको चरिकोट अस्पतालसहित बागमती प्रदेशको व्यवस्थापनमा आएका पाँच वटा प्रादेशिक अस्पतालको चालु आर्थिक वर्षको दोश्रो चौमासिकसम्मको बजेट तथा कार्यक्रमको खर्चको अख्तियारी दिने निर्णय गरेको हो ।
प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काले मन्त्रीपरिषदको बैठकले अस्पताल संचालन र स्वास्थ्य सम्वन्धी कार्यक्रम संचालन गर्न चालु वर्षको दोश्रो चौमासिकसम्मको बजेट रकमान्तर गरी स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने निर्णय भएको जानकारी दिनुभयो ।
यो निर्णयसँगै बागमती प्रदेशको व्यवस्थापनमा रहेका प्रादेशिक अस्पतालहरु दोलखाको भीमेस्वर नगरपालिकास्थित चरिकोट अस्पताल, काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पताल, काठमाण्डौंको टोखा नगरपालिकास्थित टोखा अस्पताल, ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराही चापागाउँ अस्पताल र चितवनको रत्ननगर नगरपालिकास्थित बकुलर रत्ननगर अस्पतालले बजेट अभावकै कारण व्यहोर्दै आएको समस्या तत्कालकालागि समाधान भएको छ ।
मन्त्रीपरिषदको निर्णयसँगै पाँच वटै प्रादेशिक अस्पतालले चालु बर्षको पहिलो र दोश्रो चौमासिकको संचालन तथा कार्यक्रम खर्च र कर्मचारी तलव भत्ता निकासा पाउने भएका छन् ।२० ७७ मंसिर १८ को निर्णय अनुसार चरिकोट अस्पतालसहित प्रदेशका पाँच वटा अस्पतालको व्यवस्थापनको जिम्मेवारी प्रदेश सकरार मातहत आएको थियो ।
चालु आर्थिक बर्ष संघीय र प्रदेश सरकारवाट बजेट विनियोजन भएपनि बागमती प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालका कर्मचारीहरुको प्रदेशमा समायोजन र हस्तान्तरणको अन्तिम टुँगो नलागेकाले अस्पतालमा अख्तियारी दिन सकिएको थिएन ।
सोही कारण पाँच वटै प्रादेशिक अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारीलाई समेत तलव भत्ता समेत खुवाउन नसकेर अस्पतालको अवस्था अलपत्र भएको थियो ।
प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रादेशिक अस्पतालहरुको संचालन, कार्यक्रम र कर्मचारीको तलव भुक्तानीकालागि चालु वर्षको दोश्रो चौमासिकसम्मको बजेट रकमान्तर गरी प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने निर्णय गरेसँगै यो समस्या तत्कालकालागि भने समाधान भएको छ ।
बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री खड्काले अस्पतालका कर्मचारीको समायोजन र हस्तान्तरणको प्रक्रियामा ढिलाई भएकै कारण समस्या भएको भन्दै प्रादेशिक अस्पतालहरुको पूर्ण व्यवस्थापन र संचालनको जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिक्रिया दिनुभयो ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन भएपनि अस्पतालका कर्मचारीहरुको प्रदेशमा समायोजन र हस्तान्तरणको अन्तिम टुँगो नलाग्दा अस्पतालमा अख्तियारी दिन नसकिएकाले अस्पताल संचालन र स्वास्थ्य सम्वन्धी कार्यक्रम गर्न पहिलो र दोश्रो चौमासिकको रकम अख्तियारी दिन आवस्यक रहेको निर्णय गरेको थियो । मन्त्रीस्तरको सो निर्णय पुस २८ गते भएपनि मन्त्रीपरिषदको बैठकमा भने सोमवार मात्रै प्रस्ताव गरिएको हो ।
बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री खड्काले अस्पतालका कर्मचारीको समायोजन र हस्तान्तरणको प्रक्रियामा ढिलाई भएकै कारण समस्या भएको भन्दै प्रादेशिक अस्पतालहरुको पूर्ण व्यवस्थापन र संचालनको जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिक्रिया दिनुभयो ।
बजेट अभावकै कारण चरिकोट अस्पतालले चालु वर्ष नगरपालिकाको अन्य शिर्षकको बजेटलाई सापटी स्वरुप लिएर अस्पतालका कर्मचारीलाई तलव खुवाउँदै आएको बताएको छ । अन्य प्रादेशिक अस्पतालको अवस्था पनि उस्तै छ ।
प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रादेशिक अस्पतालहरुको संचालन, कार्यक्रम र कर्मचारीको तलव भुक्तानीकालागि चालु वर्षको दोश्रो चौमासिकसम्मको बजेट रकमान्तर गरी प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने निर्णय गरेसँगै यो समस्या तत्कालकालागि भने समाधान भएको छ ।
मन्त्रीपरिषद बैठकले आर्थिक बर्ष २०७७/०७८ मा स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमा श्रोत सुनिश्चितता भई चरिकोट अस्पताल र बकुलर रत्ननगर अस्पतालमा आइसियुरपिआईसियुरएचडियुरभेन्टिलेटररअक्सिजन प्लान्टरट्याकको स्थापनारखरिद तथा जडानको कार्यसम्पन्न भए वमोजिमको रकम संघको शर्सत अनुदान मार्फत उक्त सिर्जित दायित्वको नियमानुसार भुक्तानीका लागि भीमेस्वर नगरपालिका र रत्ननगर नगरपालिकालाई रकमान्तर गरी अख्तियारी प्रदान गरिने निर्णय पनि गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment