नेपाल सरकारले दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने गरि भारत सरकार संग सम्झौता गरेको छ । यस अघिनै पुन निर्माण गर्ने सहमतिमा पुगेको कुरा समाचार माध्यममा आएको थियो त्यसलाई  पुर्णतया सम्झौता भएको जनाईएको छ । पुल बनाउने परियोजनाबारे मंगलबार भारत र नेपालबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर समेत भएको छ । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका हुन् । उक्त  पुल निर्माणकार्य भारतको  उत्तराखणड सरकारको लगानीमा हुने भनिएको छ । 
यस परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश  र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने विश्वास गरिएको छ ।  यो सङै नेपाली जनतालाई आवत जावत गर्न सहज हुने छ भने भारतीय पर्यटक र ब्यपारीहरुलाई समेत सहज हुने भएको छ ।
दुवै देशका सरकारले प्राथमिकताका साथ अघि सारेको यो परियोजनाको काम चाँडै शुरु हुने समझदारी पत्रमा उल्लेख छ।
भारत सरकार र नेपाल सरकारले मन्त्रिपरिषद बैठकले महाकाली नदीमाथि मैत्री पुल बनाउन अनुमति प्रदान गर्ने निर्णय गरेका थिए । सडक विभागका महानिर्देशक शिवहरी सापकोटाका अनुसार भारतको उत्तराखणड सरकारको लगानीमा पुल बनाउने गरी एमओयू भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment