इलामको रोङमा भएको पिकअप दुर्घटनामा नगद र सुन लुटपाटको छानविन गर्न समिति गठन


इलाम, १८ माघः इलामको रोङ गाउँपालिकामा गत माघ १३ गते भएको पिकअप दुर्घटनामा मृत्यु भएका मेचिनगर नगरपालिका वडा नम्बर ४ का रमेश कुमार थापाको साथमा रहेको ४ लाख रुपैँया र आधा तोलाको सुनको औंठी गायव भएको बिषयमा इलाम प्रहरीले छानविन समिति गठन गरेको छ ।

सोमबार एक बिज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्र्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरिएको छ । घटनाको सत्य तथ्य बाहिर ल्याउनको लागि छानविन समिति गठन गरिएको हो ।

प्रहरीले छानविनका क्रममा कोही कसैको संलग्नता रहेको पाइएमा कानुन अनुसार कडा कारवाही भई जाने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

छानविन समितिले सोमबारबाटै काम सुरु गरिसकेको र केही तथ्यहरु फेला परेको र त्यसमा अनुशन्धान  भई रहेको पनि संयोजक थापाले वताए ।

पिकअप दुर्घटनामा लुटपाटको सम्वन्धमा झापा जिल्लाको बाहँुनडागी निवासी पर्यटनकर्मी अर्जुन कार्कीले जिल्ला प्रशासन कार्यलय इलाममा प्रमुख जिल्ला अधिकारीलाई सामाजिक संजालमार्फत खुल्ला पत्र लेख्दै लासमाथि भएको लुट अन्त्य गर्न र मृतकको साथबाट हराएको रकमको खोजिगर्न प्रशासनलाई आग्रह गरेका थिए । 

गत माघ १३ गते विहान करिव साढे ५ बजे इलामको रोङ गाउँपालिका वडा नम्बर ४ मा पर्ने पंैरो भन्ने स्थानमा मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुनडाँगीका ५५ बर्षिय रमेशकुमार थापा र ४० बर्षिय सुर्य थापाको पिकअप दुर्घटनामा परि घटना स्थलमै मृत्यु भएको थियो ।

मृतकहरु हरेक विहिवार इलाम गई सोही पिकअपमा खसी बाख्रा खरीद गरि सुलभ बजारमा बिक्रि गर्ने व्यावसायी र समाजसेवी समेत रहेको बताउँदै निवेदक कार्कीले स्वर्गीय रमेशकुमार थापालको गोजीबाट चार लाख नगद र हातमा लगाइएको आधा तोलाको सुनको औंठी घटना स्थलबाट गायब भएको भन्दै मृतकका परिवारले समेत प्रहरीमा निवेदन दिएको बताइएको छ ।

कार्कीले यो कुनै झुटो आरोप नभएको जनाउँदै यसका बारेमा बुझ्न चाहे इलाम बजारका खसी बाख्रा व्यपारीलाई समेत सम्पर्क गरेर बुझ्न सकिने प्रशासनलाई अनुरोध गर्दै सामाजिक संजालबाटै इलामका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका थिए ।

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment