इलामको रोङमा रहेको नेपाल टेलिकमको रिपिटर टावर हावहुरिका कारण ढल्यो


इलाम, २१ माघः इलामको रोङ ४ भालुझोडामा रहेको नेपाल टेलिकमको रिपिटर टावर आज आएको हावाहुरीले ढालेको छ । देशैभरी मौसमा वदली भई कही पानी त कतै हिमपात भई रहेको वेलामा इलाममा भने हावहुरी सहित पानी र उच्च पहाडमा हिमपात पनि भएको छ । 

त्यस क्षेत्रमा भएको अर्को रिपिटर टावर किटेनीमा निर्माणधिन अवस्थामा रहेकोले सो क्षेत्रमा केही ठाउँमा नेटवर्क समस्या हुने नेपाल टेलिकम इलामका सहायक प्रसाशन अधिकृत टंक कठायतले वताए । अहिले प्रविधिको टोली क्षति भएको टावर भए ठाउँमा नपुगेकोले के कति क्षति भयो भन्न नसकिने उनले भने । टावर नेपाल टेलिकमले तल्काल मर्मत गरेर सेवा सुचारु गर्ने पनि उनले वताए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment