आईपिएल अक्सनः मिस्टर आइपिएल देखि आईसिसि टपटेन रेङ्कीङमा रहेका खेलाडी विकेनन

  • विनय तिम्सीना

इलाम, २ फागुनः विश्वकै महंगो टि–ट्वान्टी लिग इन्डीयन प्रिमियर लिगको खेलाडी अक्सान आइतबार (हिजो) सकिएको छ । निलामीमा सवै भन्दा महंगो मुल्यमा भारतका युवा विकेटकिपर व्याटर इशन किशन विकेका छन् । उनको वेस्ट प्रइज २ करोड भारु रहेको थियो । मुम्वै इन्डीयनले किशनलाई १५ करोड २५ लाखमा किनेको छ । यस अघि पनि किशन मुम्वैबाटनै आईपिएल खेल्थे । अक्सनमा अर्का युवा बलर दिपक चाहार दोस्रो अधिक मुल्यमा विकेका छन् । उनलाई चेन्नाई सुपर किंसले चाहारलाई १४ करोडमा किनेको छ । त्यस पछि भारतकै श्रेयस आयर, इंगल्यान्डका अलराउण्डर लिभिङ्स्टन, भारतका बलर शर्दुल ठाकुर रहेका छन् । 
अक्सनमा भारतका शुरेष रैन, अष्ट्रेलियका एरन फिन्च, टी स्मीत, बंगलादेशका सकिव अल हसन, नेपालका सन्दीप लामिछाने लगायत रहेका छन ।
आइपिएल २०२२को अक्सनमा २०४ भारतिय खेलाडीहरु  र ६७ ओभरसिज खेलाडीहरु विक्री भएका छन् ।  आईपिएलका १० वटा टिमले कम्तीमा १८ खेलाडी र अधिकमा २५ खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ । 

मिस्टर आइपिएल देखि आईसिसि टपटेन रेङ्कीङमा रहेका खेलाडी विकेनन

आईपिएल अक्सन २०२२ मा धेरै चर्चित खेलाडीहरु पनि विक्री भएका छैनन । विक्री नहुने लिस्टमा भारतका मिस्टर आईपिएलल भनेर चिनिने शुरेस रैना देखि अष्ट्रेलियका ओपनर व्याटर एरन फिन्च सम्म रहेका छन् । विक्री नहुने लिस्टमा सटलिस्टमा परेका नेपालका एकमात्र खेलाडी सन्दीप लामिछाने पनि रहेका छन् । 
मुल्यको आधारमा हेर्नेहो भने २ करोड भारु मुल्य भएका १२ खेलाडी विकेनन ।  १ करोड पचस लाख मुल्य भएका ५० खेलाडी विकेनन् । एक करोड मुल्य भएका  ११ जना खेलाडी विकेका छैनन् । 
आइपिएलको इतिहासमा आइसिसि टि–ट्वान्टी रेङ्किङमा रहेका खेलाडीहरु अक्सनमा आएपनि नविकने विरलै हुने गरेको थियो तर यो अक्सनमा आइसिसि टि–ट्वान्टी व्याटिङ रेङ्किङको छैटौँ नम्वरमा रहेका अस्ट्रेलियन व्याट्समेन एरन फिन्च विकेनन् । विश्व क्रिकेटका खतारनक व्याट्समेनमा गनिने फिन्च नविक्नुमा अष्ट्रेलियन खेलाडीहरुले आइपिलको सवै खेलमा समय दिन नसक्नु मुख्य कारण रहेको छ ।
 अर्का आइसिसि टि–ट्वान्टी वलिङ रेङ्किङको तेस्रो नम्बरमा रहेका इंग्ल्याण्डका स्पीन वलर आदिल रसिद रहेका छन् ।  त्यस्तै आइसिसि टि–ट्वान्टी वलिङ रेङ्किङको चौथो नम्बरमा रहेको अष्ट्रेलियन खेलाडी  एडम जम्पा रहेका छन् ।  
अर्का खेलाडी आइसिसि टि–ट्वान्टी अलराउण्डर रेङ्किङको दोस्रो नम्बरमा रहेका बंगलादेशका खेलाडी सकिव अल हसन रहेका छन् । हसन आइसिसिको तिनै फरमेटको रेङ्किङमा रहेका छन् उनी टेस्टको अलराउण्डरमा चौथो स्थानमा छन्, भने ओडिआई फरेमेटको अलराउण्टरको सूचिमा पहिलो नम्वरमा रहेका छन् । 
भारतिय खेलाडीहरुको कुरा गर्नेहो भने मिस्टर आईपिएल भनेर चिनेने शुरेस रैना विकेन् । उनि लामो समय सम्म चेन्नाई सुपर किंगमा खेलेका थिए । उनलाई आईपिएलको कुनै पनि फेन्जाइजले किनेन । त्यस्तै उमेश यादव, अमित मिश्रा, इशान शर्मा जस्ता चर्चित खेलाडीपनि अक्सनमा विकेनन। 
विदेशी खेलाडीको कुरा गर्नेहो भने टी स्मीत, डेभिड मेलान, एन मोर्गन, क्रिस लेन, उस्मान खाव्जा, केन रिचर्डसन, केन मुन्द्रो जस्ता विश्व प्रसिद्ध अन्य धेरै खेलाडी बिकेका छैनन् ।
आईपिएलको यो अक्सनमा फेन्जाइजले धेरै भारतिय युवा अनक्याप खेलाडीहरुलाई अवसर दिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment