एमसीसी लागु भए देश आत्मनिर्भर हुनसक्छ- परराष्ट्रमन्त्री खड्का



काठमाडौं। परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालमा एमसीसी सम्झौता अनुमोदन भए देश विद्युत बिक्री गरेर देश आत्मनिर्भर हुनसक्ने बताएका छन् ।


शुक्रबार आज उदयपुरमा कांग्रेस चौदण्डीगढी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
एमसीसी लागु भएमा विद्युत उत्पादन अत्यधिक हुने र उक्त विद्युत बिक्री गरेर नेपाल आत्मनिर्भर हुनसक्ने उनले बताएका हुन् ।
यसका साथै उनले एमसीसी गरिबी न्यूनीकरणका लागि अमेरिकाले दिएको एउटा परियोजना मात्र रहेको जिकिर गरेका छन् ।
विभिन्न बहानामा एमसीसीका बारेमा जनतामा भ्रम छर्न खोजिएका भन्दै सबैको सहमतिमा नै यसलाई अघि बढाइने उनले बताएका छन् ।
उक्त कार्यक्रममा विभिन्न दल परित्याग गरेको कार्यकर्तालाई कांग्रेस प्रवेश गराइएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment