एमालेले भन्यो – ‘सभामुखसँगै हाम्रो विमत्ती छ, उनैले बोलाएको बैठकमा जाँदैनौँ’


काठमाडौं २ फाल्गुन। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ ।
प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बस्नेगरी सर्वदलीय बैठक बोलाएका थिए । तर उक्त बैठक एमालेलेले बहिस्कार गर्ने भएको हो ।


आज बस्ने सर्वदलीय बैठकमा महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले जानकारी दिएका छन् ।
सभामुखसँग असहमति हुँदा हुँदै सभामुखले नै बोलएको बैठकमा हामी जानुको अर्थ नहुने भन्दै सर्वदलीय बैठकमा सहभागी नहुने एमालेले जनाएको छ ।
सत्ता गठबन्धनको ९८ सांसदहरुले हस्ताक्षर गरेर आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीशबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment