ओलीले भेटे राष्ट्रपतिलाई, काँग्रेस-एमाले मिलाएर एमसिसी पास गर्ने भूमिकाको चर्चा !


काठमाडौं २३ माघ। राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार शीतलनिवास पुगेका थिए ।


सरकाले स्थानीय निर्वाचनको मिति तोक्न नसकिरहेको अवस्थामा राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परीस्थितीका बिषयमा कुराकानी भएको बताइएको छ । भेटमा स्थानीय तहको निर्वाचन र एमसीसीको बिषयमा पनि कुराकानी भएको बताइएको छ ।
राष्ट्रिपतिसहित एमाले र निर्वाचन आयोगको बैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई दवाद दिइरहेको छ ।
त्यस्तै पाँचदलीय गठबन्धनमा घाँडो बनेको एमसिसीको सम्बन्धमा एमाले र काँग्रेस मिलाएर पास गराउने सम्बन्धमा राष्ट्रपतिले भूमिका खेलिरहेको राजनीतिक वृतमा चर्चा चलिरहेको छ ।
एमसिसी पास गर्ने काँग्रेसको चाहना भएपनि गठबन्धनका मओवादी र नेकपा एकीकृत समाजवादीले भने अहिलेकै अवस्थामा हरहालतमा एमसिसी पास गर्न नहुने अडान राखिरहेको छ ।
यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे लिखित नोट बुझाउँदै स्थानीय तहको चुनावको वैशाखमै गराउन दबाब दिएकी थिइन्। उक्त नोटपछि राष्ट्रिपति भण्डारीको आलोचनासमेत भएको थियो ।
चौतर्फी दवावपछि प्रधानमन्त्री देउवा जेठमै स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment