एमसीसी किचलाे : देउवा र प्रचण्डबीच सहमति नबन्दा गठबन्धनको बैठक धकेलियाे


काठमाडाैँ ५ फाल्गुन । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी)लगायत विषयमा छलफल गर्न बाेलाइएकाे सत्तारुढ दलका शीर्ष नेताको बैठक २ घण्टा पर धकेलिएकाे छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज अपराह्न ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । यसअघि दिउँसाे ३ बजेका लागि उक्त बैठक बाेलाइएकाे थियाे । तर बिहीबार बिहान प्रधानमन्त्री देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएकाे वार्तामा एमसीसीबारे साझा धारणा बन्न नसकेपछि बैठक पर सारिएकाे हाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी हुनुहुनेछ ।
बैठकमा यही फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीसम्बन्धी प्रस्ताव टेबल गर्नका लागि साझा धारणा बनाउनेलगायतका विषयमा छलफल हुने बताइएको छ । संसद्को बुधबारको बैठकमा सो प्रस्ताव टेबल गर्ने सरकारको तयारी भए पनि सत्तारुढ दलबीच सहमति नभएपछि टेबल गरिएको थिएन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment