विभिन्न सात राजनीतिक दलद्वारा ‘डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स’को घोषणा


काठमाडौं २९ माघ। स्थानीय तहको निर्वाचणको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरुले डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डीएसए) घोषणा गरेका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक एकता पार्टी, नेकपा समाजवादी, नेपाल दलीत पार्टी, जनवादी मोर्चा नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, गणतान्त्रिक संयुक्तमोर्चा नेपाल र नेकपा राष्ट्रवादी पार्टीले संयुक्त रुपमा डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्सको घोषणा गरेका हुन् ।



देशमा भ्रष्टचार र कुशासन बढेको साथै सरकारमा रहेका राजनीतिक दलहरुले नेपाली जनतामा खुसी ल्याउन नसकेको भन्दै एलायन्सको घोषणा गरिएको एलायन्सका अध्यक्ष सिबी गहतराजले बताए । साथै, एलायन्स अहिले विद्यमान नेकपा (एमाले), नेकपा माओवादी र नेपाली काँग्रेसको वैकल्पीक शक्तिको रुपमा आउने उनको दाबी थियो ।
उनले निर्वाचन आयोगले साना दलहरुलाई स्वतन्त्र रुपमा चुनाव लड्नुपर्ने कानून रहेको भन्दै उक्त ऐनलाई यथाशीघ्र खारेज गर्न माग गरे । उक्त ऐनको विरुद्धमा आफुहरुले सर्वोच्च अदातलमा मुद्दा हाल्न लागेको पनि जानकारी दिए ।
त्यस्तै नेकपा समाजवादीका अध्यक्ष राजु कार्कीले नेपालमा राजनीतिक संस्कारको विकास नै नभएको भन्दै राजनीतिक संस्कारको विकास गर्नको लागि आफूहरुले एलायन्सको आवश्यकत्ता देखेर गठन गरेको बताए ।
गणतान्त्रिक संयुक्त मोर्चा नेपालका संयोजक सुशिल राजवंशीले एलायन्स सरकारमा जानको लागि नभएर जनताको आवस्यकत्ता पूरा गर्न बनेको स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment