राेङका कुमार माेक्तानलाई नाम र दाम जुटायाे माैरीले

  • गाेबिन्द पाैडेल 


राेङ १ फागुन: माैरीकाे ब्यवसायमा लागेका राेङका कुमार माेक्तानलाई नाम र दाम दुबैले सम्मानित  गरेकाे छ ।

मह उत्पादनमा लाग्ने साेचले २०५९ सालदेखी माैरीपालनकाे कर्म थालेका उनि अहिले माैरी पालनकाे श्राेत ब्याक्ति बनेर नेपालकाे बिभिन्न स्थानहरुमा किसानहरुलाई तालिम दिने प्रशिक्षक बनेका छन् भने घरमा नै माैरीकाे अाधुनिक घार बनाउने घार उद्याेगी समेत ।


२०५९ सालबाट माैरी पालन शुरु गरेका कुमारले पहिलाेपटक जिल्ला कृषि कार्यालय ईलामकाे सिफारीमा साेहि बर्ष माैरी बिकाश श्राेत केन्द्र स्तरिय तालिम लिएपछि  अावश्यक्ताकाे अाधारमा पुर्नताजकि र बिबिध तालिम सगै माैरी पानकाे लगाबले  २०६६ सालबाट प्रशिक्षक बनेर ईलामकाे अधिकास स्थानहरु साथै नेपालका बिभिन्न् स्थानहरुमा तालिम दिनकाे साथै मह ,माैरी र घारसमेत बिक्री गर्दै नामसगै दामपनि कमाउन सफल भएका छन् ।२०६६ सालसम्म मह बिक्रि गर्ने साेचलाई परिवर्तन गरेर माैरी पालनकाे लागि प्रशिक्षणमा लागेका उनले २०६८ साबाट माैरी धार उत्पादनकाे लागि कुमार बि किपिङ वर्कसप खाेलेर अाधुनिक घार निर्माण गरि मागअनुसार  माैरी सहित र माैरी रहित घार समेत ईलामका अधिकास पालिका र जिल्ला बाहिर पनि निर्यात गर्ने गरेका बताए ।अहिले एक घार माैरी सहित अठहजार र माैरी बाहेक चारहजार पाचसयमा बिक्री गर्ने गरेकाे उनकाे भनाई रहेकाे छ ।

स्थानिय स्तरमा पाईने र माैरीकाे लागि उपयाेगी टुनि,फलेदाे,उतिस धुपी लगायतकाे काठकाे प्रयाेग गरि घार निर्माण गरिहेकाे उनकाे उद्याेगमा दुईजनालाई राेजगारी समेत मिलेकाे छ ।हरेक बर्ष किसान,फाम र पालिकाहरुकाे मागअनुसार सरदर बर्षमा चार पाच सय घार निर्यात गर्ने गरकाे उनकाे भनाई रहेकाे छ ।अधिकास माैरी पालक किसानहरुले चिन्ने नामराेङ ६ सलकपुरका कुमार माेक्तान रहेकाे छ । राेङ गाउपालिकाले स्थापना गरेकाे माैरी रिसर्च केन्द्रका श्राेत ब्याक्ति पनि हुन् ।उहिले पनि उनकाे घरमा पैतपस चालिस घार माैरी रहेकाे छ ।यहि घारबाट माैरी गाेला छुटाएर मागअनुसार माैरी घार बेचिने गरेकाे छ भने बर्षमा सरदर एक क्विन्टल जति मह पनि बिक्री गर्ने गरेकाे उनकाे भनाई रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment