बेवारिशे अवस्थामा एक युवकको शव फेला


वीरगञ्ज (पर्सा) । वीरगञ्जमा बेवारिशे अवस्थामा एक युवकको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका–१४ चिनी कारखाना क्षेत्रभित्र अन्दाजी २९ वर्षीय युवकको शव बेवारिशे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।


घटना र शवको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन । प्रहरी प्रवक्ता खनालका अनुसार पोष्टपार्टम गरेर रिर्पोट आएपछि मात्रै सत्यतथ्य पत्ता लाग्ने छ ।
शवलाई पोष्टपार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment