इलाममा थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५३ पुग्यो


इलाम, १८ माघः विश्वभरी नै तिव्र रुपमा फैलिरहेको कोरोना संक्रमण अहिले इलाममा पनि फैलिएको छ । इलाममा सोमबार थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

आज संक्रमण पुष्टी हुनेहरुमा इलाम नगरपालिकामा २ महिला र १० पुरुष, देउमाई नगरपालिकामा ३ महिला ६ पुरुष, सूर्योदय नगरपालिकामा  ३ महिला र ३ पुरुष, फाकफोकथुम गाउँपालिकाका १ पुरुष र सन्दकपुर गाउँपलिकामा १  महिला रहेका छन् ।

इलाममा अहिले ३९२ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । २ जना संक्रमित भने अस्पतालमा सामान्य उपचारमा रहेको छन भने अन्य संक्रमित होम आइशुलेशनमा रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment