मुलुकभर थप ५५८३ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु


काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ९२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२६७ जना कोरोना मुक्त भए, ९ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ हजार २६७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १७ हजार ६७४ जनाको परीक्षण हुँदा हालसम्म कुल ६२ लाख १४ हजार ३५९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment