काठमाडौं । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय गरेको छ ।
स्थानीय तह चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति पर्खेर एसईईको परीक्षा मिति तोकिएको हो ।
बैठकले परीक्षाको समयतालिका बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।
बोर्डको निर्णयसँगै विद्यार्थीलाई अध्ययनका लागि दुई महिना समय मिलेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment